TodayPati

महोत्तरीमा एकवटा घरेलु मदिरा भट्टी प्रहरीले भत्कायो

टुडेपाटी-
महोत्तरी, कार्तिक १९ गते ।

महोत्तरीमा प्रहरीले एकवटा अवैध मदिरा भट्टी भत्काएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका ५ स्थित संचालनमा रहेको घरेलु मदिरा भट्टी प्रहरीले भत्काएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय बलवाको संयुक्त प्रहरी टोलिले भट्टीमा रहेको तयारी मदिरा सय लिटर नष्ट गरेको छ ।

Sponsored

यस्तै मदिरा बनाउन राखिएको कच्चा पदार्थ एकहजार लिाटर, चिनी ५० किलो, युरिया मल ८ किलो, मेसिन थान २ नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *