TodayPati

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयप्रति मातृका यादवको आपत्ति

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १९ गते ।

नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् ।

देश संविधानअनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छाअनुसार चलाउन खोजिएको भन्दै उनले सरकारी निर्णयको विरोध गरे ।

Sponsored

जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र सहिदको अपमान गर्नेगरी सरकारको निर्णय भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारी निर्णय संघीयता विरोधी रहेको उल्लेख गर्दै यादवले सच्याउन माग गरेका छन् ।

असोज ११ गतेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ लेख्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार कानुन मन्त्रालयले कार्यान्वयनका लागि मातहतका निकायलाई पत्रचार गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *