TodayPati

प्रदेश २ मा ६५ सहित एकैदिन ३ हजार ३ सय कोरोना संक्रमित थपिए, थप ३० जनाको मृत्यु

टुडेपाटी

जनकपुरधाम, कार्तिक १९ गते ।

प्रदेश २ मा ६५ जना सहित पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

Sponsored

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए ।

हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।

Sponsored

हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *