TodayPati

मंसिर दोस्रो साताबाट त्रिविको परिक्षा हुने, विद्यार्थीले चाहे अनुसारकै केन्द्रमा परिक्षा दिन पाउने

टुडेपाटी

काठमाडौँ, कार्तिक १९ गते ।

मंसिर दोस्रो सातादेखि त्रिभुवन विश्वविद्यालयले परिक्षा लिने तयारी थालेको छ । कोरोना महामारीले स्थगित भएको परिक्षा अब भने विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाटै लिनेगरी त्रिविले तयारी अघि बढाएको छ ।

Sponsored

विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन ।

त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड(१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

Sponsored

लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । ‘हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।’

प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था मिलाइएको छ ।

कोभिड(१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *