बलात्कार आरोपमा महोत्तरीका एक वडासचिव जेल चलान
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १८ गते ।
बलात्कारको अभियोगमा महोत्तरीका एक वडासचिव जेल चलान भएका छन् ।
जिल्ला अदालत महोत्तरीको आदेशमा भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादव पूर्पक्षका लागि जेल चलान भएका हुन् ।
सोमबार भएको थुनछेक बहसमा न्यायाधीश दुर्गा गुरुंगको आदेशले पुपक्षको लागि जलेश्वर कारागार चलान गरिएको हो ।
भंगहा नगरपालिका ९ का स्थानीय बासिन्दा समेत रहेको वडा सचिव यादव गएको असोज १४ गते साँझ गाउँकै बजारबाट फर्किदै गरेकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
वडा सचिव यादवले सो दिन अत्यधिक मदिरा सेवन गरेका थिए ।
सम्बन्धित समाचार–
Sponsored