TodayPati

अफगानिस्तानमा आतंकवादीले गरे १९ विद्यार्थीको हत्या, २२ घाइते

एजेन्सी-
जनकपुरधाम, कार्तिक १८ गते ।

अफगानिस्तानको एक विश्वविद्यालयमा आतंकवादीले अन्धाधुन्ध गोली प्रहार गरी १९जना विद्यार्थीको हत्या गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा सोमबार तीनजना बन्दुकधारी प्रवेश गरी अन्धाधुन्ध गोली प्रहारी १९ विद्यार्थीको हत्या गरेको बीबीसीले जनाएको छ । अन्य २२ विद्यार्थी गम्भीर घाइते भएका छन् ।

Sponsored

आतंककारीले अन्धाधुन्ध गोली प्रहार गर्दा भागाभाग भएको थियो । घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा परी ती तीनै आक्रमणकारी पनि मारिएको अफगान गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटनको तयारी भइरहेका बेला आतंकारीले हमला गरेका थिए । तालिबान समूहले यो आक्रमण आफूले नगरेको भन्दै घटनाको निन्दा गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *