TodayPati

वीरगजन्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सक कुशवाहाको निधन

टुडेपाटी-
वीरगञ्ज, कार्तिक १७ गते ।

वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सक डा.अशोक कुशवाहाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत ४३ वर्षीय डा.कुशवाहालाई टाइप–१ मधुमेहबाट पीडित थिए भने ६ महिनादेखि मिर्गौलाको समस्या थियो ।

६ महिनादेखि डायलायसिस गराइरहेका कुशावहा स्वास्थ्यमा समस्या आएपछि विदामा थिए ।

Sponsored

आइतबार स्वास्थ्य अवस्था झनै बिग्रिएपछि नारायणी अस्पतालमा भर्ना गरिएपछि उपचारकै क्रममा दिउँसो ३ बजे आइसियुमा डा.कुशवाहको मृत्यु भएको नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *