TodayPati

धनुषामा अनौठो संयोग : ५ मिनेटकै अन्तरालमा पति पत्नीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १७ गते ।

धनुषामा पतिको मृत्यु भएको पाँचमिनेटपछि पत्नीको पनि मृत्यु भएको छ । धनुषाको सहिदनगरपालिका १ कुम्भकर्ण टोलाका ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान ७ः४५ बजे मृत्यु भएपछि ७ः५० बजे उनकी श्रीमती ८८ वर्षीया सुमिन्त्रादेवी यादवको मृत्यु भएको हो

बिहान उठेर नित्य कर्म गरी संगै पति पत्नीले चिया खाएका थिए । एक्कासी रामखेलावनले आफुलाई छाती दुखेको परिवारजनलाई जानकारी गराएका थिए ।

Sponsored

लगतै उनका छोरा उपेन्द्र औषधि लिन गए । श्रीमती सुमिन्त्रा हेर्न आइपुगिन् । त्यसको केहि समयमै ७ः४५ बजे रामखेलावनको मृत्यु भयो । श्रीमान्को मृत्यु भएको देखेर सुमिन्त्रादेवी पनि अचेत भइन्् । पाँचमिनेटको अन्तरालमा ७ः५० बजे पत्नी सुमिन्त्राको पनि मृत्यु भएको स्थानीय नरेश यादवले बताए ।

श्रीमान श्रीमतीको एकैपटक मृत्यु भएपछि स्थानीयहरु आश्चर्यचकित भएका छन् । हामी सबै अच्चमित छौं’ छिमेक नरेशले भने ‘एकैपटक श्रीमान् श्रीमतीको मृत्यु भएकाले एउटै चितामा तामझामका साथ अन्त्येष्टि गर्ने काम भइरहेको छ’

मृतक दम्पति रामखेलावन र सुमिन्त्रा देवीको एकछोरा र चार छोरी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *