वीरगञ्जका समुदायिक विद्यालय खुल्यो, यसरी हुँदैछ पढाई
टुडेपाटी
वीरगञ्ज, कार्तिक १७ गते ।
कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय आजदेखि खुलेको छ । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कक्षा ८, ९ र १० कक्षाको पठानपाठन हुनेगरी विद्यालय खुलेको हो ।
कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवार पक्ष स्थानीय सरकार हो भनेको छ।
त्यसै अनुसार वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन्।
त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो।
Sponsored
विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ। कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ छन्।
आजदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने सरावगीले बताए। कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नहुने मेयर सरावगीको भनाइ छ।