सप्तरीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या २४ पुग्यो
शुभनारायण यादव-
सप्तरी, कात्तिक ७ गते ।
सप्तरीका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने ६५ वर्षीय पुरुषको राटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । नेपाली कांग्रेसका स्थानीय नेता रहेका उनालाई ज्वरो आउने र स्वास फेर्न कठिन हुने लक्षण देखिएपछि गत २५ गते अस्पताल भर्ना गरिएकोमा २६ गते स्वाब संकलन गरी परीक्षण गर्दा २७ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
लामो समयदेखि मधुमेह, मुटु, निमोनिया र किड्नी सम्बन्धि रोगको उपचार गराउँदै आएका उनको विराट अस्पतालमा मृत्यु भएको स्वास्थ्य कायालय सप्तरीले जनाएको छ ।
यसअघि सप्तरीमा बिहीबार पनि दुई महिलासहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ५१ जनाको गरिएको स्वाब संकलनको रिपोर्ट मध्ये १० जनाको रिपोर्टमा पोजेटिभ आएको बताइएको छ ।
वार्ड नम्बर नखुलेको राजविराजका ५२ वर्षीया महिला, ३१ वर्षीय पुरुष, उमेर नखेलेका पुरुष, जिल्ला प्रशासन कार्यालयका ३० वर्षीय पुरुष कर्मचारी, ३९ र ४६ वर्षीय पुरुष प्रहरी, राजविराज २ का ११ वर्षीया महिला, राजविराज ८ का २८ वर्षीय पुरुष, हनुमाननगर कंकालीनी नगरपालिका १ का ४२ वर्षीय पुरुष, र शम्भुनाथ नगरपालिका ८ का ५५ वर्षीय पुरुष शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Sponsored
यससँगै सप्तरीमा कुल संक्रमितको संख्या एक हजार ५६२ पुगेको छ । ती मध्ये बिहीबार १८ जनासहित एक हजार २९३ जना निको भएर डिस्चार्ज भएको हो ।