TodayPati

दसैंको सातौंदिन जनकपुरधामका शक्तिपीठमा फूलपाती भित्र्याइयो

टुडेपाटी-
जनकपुरधाम , कात्तिक ७ गते ।

कारोना माहामारीको बीच विजयादशमीको सातौं दिन शुक्रबार जनकपुरधामका मुख्य राजदेवी मन्दिर लगायतका शक्तिपीठहरुमा फूलपाती भित्राइएको छ भने एका बिहानैदेखि लामो लाम लागेर प्रसाद चढाउनेको भिडभाड देखिएको छ ।

जनकपुरधामको रामानन्द चोक, राजदेवी मन्दिर, मुरली चोक, भ्रमरपुरा चोक, थापा चोक लगायत दजनौं शक्तिपीठहरुमा आज फूलपाती भित्राइएको छ भने प्रसाद चढाउने सहितको लामो लाम देखिएको हो । जनकपुरधामका मुख्य शक्तिपीठ राजेदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिति पुगेर बेलको फल टिपेर फूलपाती भित्र्याइएको बताइएको छ ।

Sponsored

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले शक्तिपीठ भन्दा नजिक रहेको बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ ।

निम्ता दिएको बेलको फललाई सप्तमी तीथिको बिहान चुडेर ल्याई बली दिने चलन रहेको छ । पहिले बेलको नै बली दिने चलन रहेको थियो, पछि बोकाको बली दिने चलन सुरु भएको हो ।

जनकपुरधामका शक्तिपिठहरुमा बिहानै देखि खोँइछ भर्न महिलाहरुको भिड लागेको समेत देखिएको छ । हजारौँको संख्यामा खोँइछ भर्ना महिलाहरु जम्मा भएक छन् । राजदेवी मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ । विजयादशमीको सप्तमी तिथिका दिन महिलाहरुले श्रीमानको दिर्घायुको लागि खोँइछ भर्ने गर्ने गर्छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *