बिहारमा कोभिड-१९ विरुद्धको भ्याक्सिन तयार भएपछि सबैलाई निःशुल्क लगाइने BJP को घोषणा
टुडेपाटी-
पटना, कात्तिक ७ गते ।
भारतको बिहारमा अहिले विधानसभा निर्वाचनको रौनक छ । अर्को हप्तादेखि तीन चरणमा हुने निर्वाचनका लागि अहिले बिहारमा हाईप्रोफाइल सभाहरु भइरहेका छन् । यसबीच कोरोना संक्रमणविरुद्ध भ्याक्सिन समेत निर्वाचनको मुद्दा बनेको छ ।
नरेन्द्र मोदी सरकारमा अर्थमन्त्री रहेकी निर्मला सितारमणले घोषणा पत्र सार्वजनिक गर्दै बिहार निर्वाचनलाई मध्यनजर गर्दै भ्याक्सिनको मुद्दा उठाएकी हुन् । उनले कोभिड १९ भ्याक्सिन तयार भएपछि बिहारका सबैलाई निःशुल्क रुपमा प्रदान गर्ने घोषणा गरिन् ।
उनले हाल भारतमा तीनवटा भ्याक्सिनको ट्रायल भइरहेको भन्दै निःशुल्क रुपमा नै भ्याक्सिन दिने बताएकी हुन् ।
सितारमणको उक्त घोषणाको विपक्षी पार्टीहरुले विरोध गरेका छन् । उनीहरुले बिजेपीले महामारीमा पनि राजनीति गर्न खोजेको आरोप लगाएका छन् । यस्तै, अन्य राज्यका सर्वसाधरणले समेत बिहारलाई मात्रै भ्याक्सिन निःशुल्क दिने हो भन्दै प्रश्न गरिरहेका छन् ।
Sponsored