TodayPati

रौतहटका दलित युवक निरञ्जन हत्यामा संलग्न थप एक जना प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, कात्तिक ६ गते ।

रौतहटका दलित निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गरुडा नगरपालिकाका रामको हत्यामा संलग्न रही फरार रहँदै आएका गरुडा नगरपालिका ८ बस्ने राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

गत साउन ३१ गते गरुडा नगरपालिका ८ का २० वर्षका निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । सो घटनामा संलग्न रहेका ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । आरोपित मध्येका विजय महराको हिरासतमै रहेको बेला मृत्यु भएको थियो ।

हिरासतमै रहेका बेलामा बिरामी परेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा ल्याइएकोमा महराको भदौ १० गते राति मृत्यु भएको थियो । महराको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोलाई जिम्मेवारीबाट हटाइएको थियो ।

Sponsored

महराका आफन्तले प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै लामो समयसम्म विरोध प्रदर्शनसमेत गरेका थिए ।

महराको मृत्यु भएको घटनाको छानबिन गर्नको लागि गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबीन टोलीले रौतहटका तत्कालिन एसपी रविराज खड्का र गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *