ह्यान्ड स्यानिटाइजरमा आगो सल्किँदा बालिकाको मुहार जल्यो
टुडेपाटी-
जनकपुरधाम, कात्तिक ६ गते ।
अमेरिकाको ओहायो राज्यमा ह्यान्ड स्यानिटाइजर बोकेर खेलिरहेकी एक ६ वर्षीया बालिकाको मुहार जलेको छ ।
स्यानिटाइजरमा आगो सल्किँदा इसाबेला राउमीको मुहार जलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आफ्ना बहिनी र साथीसँग स्यानिटाइजर बोकेर खेलिरहेकी इसाबेलाले अन्जानमा लाइटर जलाएकी थिइन् ।
लाइटरको आगोले स्यानिटाइजर एक्कासी बल्दा इसाबेलाको मुहार आगोले जलेको बताइएको छ । हाल उनको मुहारमा ठूलो घाउ र चोट लागेको छ ।
Sponsored