पर्सामा नेकपा कार्याकर्ताबिच झडप, ८ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
पर्सामा नेकपाको शपथग्रहण कार्यक्रममा दुइपक्षबीच झडप भएको छ । विन्दावासनी गाउँपालिका ५ प्रसौनीस्थित नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दुईपक्षबिचको झडपमा हुँदा ८ जना घाइते भएका छन् ।
पार्टीका असन्तुष्ट कार्यकर्ताले नबोलाएको भन्दै विवाद हुँदा झडप भएको थियो । झडपको क्रममा लाठी हानाहान हुँदा घाइते भएकामध्ये स्थानीय मुकेश चौरसियाको अवस्था गम्भीर रहेको एसपी गंगा पन्तले जानकारी दिइन् ।
उनका अनुसार टाउको फुटेका चौरसियाको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
घाइते अन्य सबैको अवस्था समान्य छ । स्थनीय अस्पताल तथा क्लिनिकमा उपचारपछि उनीहरु घर फर्केका छन् ।