TodayPati

दशैँको छैटौँ दिन : जनकपुर सहित तराई मधेसमा आज ‘बेलनौत’

टुडेपाटी

जनकपुरधाम, कार्तिक ६ गते ।

दसैंको छैटौँ दिन आज (बिहीबार) जनकपुर सहित तराईँ मधेसमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ।
पर्वका अवसरमा प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ। ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ ।

Sponsored

मधेसमा बडादसैं पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न बेलको को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ÷नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ ।

दशहरा ९दसैं० पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मधेसको परम्परा छ। यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् ।

सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ ।

Sponsored

षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने परम्पराअनुसार ‘बेलनौत’ आज सम्पन्न गरिन लागिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *