TodayPati

प्रदेश २ को प्रदेशसभामामै ५४ वटा गाडी, जनताको पैसामा सभामुखदेखि कर्मचारीको रँजाई

टुडेपाटी

जनकपुरधाम, कार्तिक ६ गते ।

प्रदेश २ को प्रदेशसभामा अनावश्यक गाडी खरिद गरि व्यापक दुरुपयोग गरिएको पाइएको छ ।
प्रदेशसभाका सभामुखदेखि सचिवालयका उच्चपदस्थ कर्मचारी सवारी साधन दुरुपयोगमा संलग्न रहेका छन्। प्रदेशसभामा २५ वटा चारपांग्रे र २९ वटा दुई पांग्रे सवारी साधन छन्।

Sponsored

जसमा सभामुख, उपसभामुख र सभामुखका पछुवा गाडीसहित ४ वटा, विभिन्न संसदीय समितिका सभापतिले ६ वटा, विभिन्न पार्टीका संसदीय दलका नेता तथा प्रमुख सचेतकले ७ वटा, निमित्त सचिव र उपसचिवले २ वटा र प्रदेश सांसदहरुलाई घर तथा डेरादेखि प्रदेशसभासम्म ल्याउन र पुर्‍याउने हाइससहित १९ वटा गाडी प्रयोग भइरहेको छ। त्यसबाहेकका ६ वटा पगितो गाडी दुरुपयोग भइरहेको छ।

आर्थिक वर्ष २०७६र०७७ मा प्रदेशसभा सचिवालयले उपसभामुख लगायत विभिन्न संसदीय दलका नेता, प्रमुख सचेतक र उपसचिवका लागि गरी १३ वटा चारपांग्रे सवारीसाधान खरिद गरेको छ। यस्तै कर्मचारीहरुको लागि ५ वटा मोटरसाइकल र ४ वटा स्कुटर किनेको सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले जानकारी दिए।

उनका अनुसार महिन्द्रा कम्पनीको एक्सयूभीएस गाडी दुईवटा १ करोड ३५ लाख १० हजार रुपैयाँमा खरिद गरिएको छ। जसमध्ये एउटा उपसभामुख उपमा देवले प्रयोग गरिरहेकी छन्।

Sponsored

यस्तै संसदीय दलका नेता तथा प्रमुख सचेतहरुका लागि महिन्द्रा कम्पनीको ९ वटा एसएलेभन स्कारपियो ५ करोड ५३ लाख ९५ हजार रुपैयाँमा किनिएको छ। दरबन्दी खाली रहेका दुईजना उपसचिवको लागि रेनो क्वीड दुई थान गाडी ४७ लाख ७० हजारमा खरिद गरेको सचिवालयले जनाएको छ।

यस्तै सचिवालयका कमर्चारीहरुका लागि ५ वटा १२५ सीसी पल्सर मोटरसाइकल ११ लाख २४ हजार ५ सय रुपैयाँमा र चारवटा स्कुटी ७ लाख ९१ हजारमा खरिद गरिएको सचिवालयका सूचना अधिकारी झाले बताए। अनावश्यक गाडी खरिद र दुरुपयोग भएको विषयमा प्रश्न गर्न सभामुख सरोज यादवसँग सम्पर्क गर्न खोज्दा उनीसित सम्पर्क हुन सकेन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *