सर्लाहीमा १५ किलो गाँजासहित २ युवक पक्राउ
टुडेपाटी-
सर्लाही, कात्तिक ५ गते ।
सर्लाहीमा लागुऔषध गाँजासहित २ युवक पक्राउ परेका छन् । सर्लाही जिल्लाको लालबन्दीबाट लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई बुधबार बिहान चेकजाँच गर्दा १५ किलो गाँजासहित २ युवकलाई पक्राउ गरको हो ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो छन् ।
डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बलरा–४ स्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए ।
Sponsored