दसैंमा धनुषाका सबै शक्तिपीठमा बोका बली निषेध
टुडेपाटी-
जनकपुरधाम, कात्तिक ४ गते ।
प्रत्येक वर्ष विजयादशमीमा चढाइने बोका बली यसवर्ष धनुषाका सबै शक्तिपीठमा नचढ्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दे भिडभाड गरेर पूजाआजा नगर्न समेत प्रशासनले निर्देशन जारी गरको हो । गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाका सबै शक्तिपीठहरुमा भीडभाड गरेर पूजा पाठ नगर्न आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
वडा दशैमा बोका बलीको लागि चर्चित जनकपुरधाम उपमहानगर पालिकाभित्र रहेको राजदेवी मन्दिरमा यसवर्ष कुभुण्डोको बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन् ।
सीडीओ भट्टराईका अनुसार मन्दिरमा कुभिण्डो काटेर बली दिने चलन पहिलेदेखि नै चल्दै आएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन अत्यधिक भीडभाड हुन नदिन सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभुण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको जानकारी दिएका छन् ।
भीड हुन नदिन सुरक्षाको विशेष प्रवन्ध मिलाइएको छ । राजदेवी मन्दिरमा अष्टमीको राती एक दिन मात्र बली दिइन्छ । तर यस वर्ष पुजाको तयारी प्रारम्भ हुनुअगावै बली प्रदान नहुने निर्णय भएकाले भीड हुने सम्भवना नरहेको बताइन्छ । बिहान लड्डु चढाउने भीडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रमुख उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
Sponsored
सबैलाई सरकारी निर्णयको पालना गर्न आग्रह गर्दै उनले सुरक्षा समितिको निर्णय विपरित कार्य नगर्न अनुरोध समेत गरे । गत वर्ष जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बोका बली चढाइएको थियो ।