सप्तरीमा एक महिनामै २ सय बढी फरार अपराधी पक्राउ
शुभ नारायण यादव-
सप्तरी, कात्तिक ४ गते ।
सप्तरीमा विशेष सुरुक्षा योजना स्थानीय प्रहरी प्रशासनले लागू गरेको छ । सोहि क्रममा अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अपराधीलाई पक्राउ गर्न सफल भएको हो ।
पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका अभियुक्त रहेका छन् ।
पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्नेमा जोड दिए ।
यस्तै नेपालीहरुको महान चाडपर्व बिजयादशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ ।
Sponsored
जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरी प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।