हराएको २४ घण्टापछि धनुषामा दुई बलिकाको शव पोखरीमा भेटियो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।
धनुषामा पोखरीमा मृत्यु भएको अवस्थामा दुई बालिकको शव फेला परेको छ । धनुषाको लक्ष्मनिया गाउँपालिका १ सिनुरजोराकी ८ वर्षीया बालिका खुशि यादव र ९ वर्षीया राधिका यादवको घर नजिककै पोखरीमा शव फेला परेको हो ।
खुसी स्थानीय रामकुमार यादवकका छोरी हुन् भने राधिका स्थानीय उपेन्द्र यादवी छोरी हुन् । शनिबार दिउँसो आगँनमा खेल्दाखेल्दै हराएकी दुबै बालिका साँझसम्म घर नफर्केपछि खोतलास गरिएको थियो । घरपरिवारले राति पौने ९ बजे लक्ष्मीनिया प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए ।
खोज तलाश गर्ने क्रममा आइतबार दिउँसो ३ बजे स्थानीय बाबुजि यादवको पोखरिमा राधिका फेला परेको र साँझ साढे ६ बजे खुशी यादव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
दुबै बालिकको डुबेरै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेतापनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुबै बालिकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
Sponsored