TodayPati

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

टुडेपाटी-
जनकपुरधाम, कर्तिक २ गते ।

प्रदेश २ को प्रदेशसभाबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक पारित भएको छ । समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक आईतबार बसेको प्रदेशसभा बैठकले सर्वसहमत पारित भएको हो ।

विधेयक परित भएसंगै प्रदेश २ सरकारले धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै यस प्रदेशमा पनि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।

Sponsored

विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई यस प्रतिष्ठान अन्तर्गत राखि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुरधामको गठन गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । सामाजिक विकास मन्त्री साहको पहलमा ल्याइएको प्रस्तावमा प्रदेशसभा सदस्यहरुले सहमति जनाएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने छाँटकाँट देखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *