महोत्तरीको एकै टोलका दुई युवायुवतीको शव झुण्डेको अवस्थामा फेला
टुडेपाटी-
महोत्तरी, असोज २७ गते ।
महोत्तरीको मनरासिसवा नगरपालिकामा एकैदिन एक किशोर र एक युवतीको शव झुण्डेको अवस्थामा फेला परेको छ । मंगलबार बिहान ९ बजे महोत्तरीको मनरासिसवा नगरपालिका ७ सरपल्लोका १६ वर्षीय सुनिल महतो आफ्नै घर झुण्डेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार दिउँसो १२ बजे मनराशिसवा नगरपालिकाकै वडा नं. ६ सरपल्लो टोलकी अन्दाजी २० वर्षीया खुस्बु खातुनको शव घरदेखि ५ सय मिटर उत्तरमा रहेको आँपको रुखमा झुण्डको अवस्थामा फेला परेको छ ।
दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
Sponsored