TodayPati

मिर्चैयाका विद्यालय भोलिदेखि खुल्ने

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार ११ असोजदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुने भएको हो ।

नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको बताइएको छ ।

Sponsored

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा भनिएको छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन जारी गरिएको छ ।

यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि निर्णय भएको छ ।

अविरल वर्षाका कारण जनजीवन प्रभावित

Sponsored

विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहज रूपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने बजारमा चहलपहल घटेको छ ।

दिनभरि नै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको धेरै ठाउँमा हिलाम्य भएको छ । त्यस सडकमा सहजरुपमा सवारीसाधान तथा पैदल समेत हिड्न सकिरहेको छैन् ।

निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि त्यस्तो र भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैबीच अविरल वर्षासँगै कमला नदीमा बहाव बढ्दै गएपछि आसपासको स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *