TodayPati

सर्लाहीमा एकैदिन ३०३ जना कोरोना संक्रमित डिस्चार्ज

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

सर्लाहीमा एकैदिन थप ३ सय ३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै सर्लाहीमा कोरोना संक्रमित निको हुनेको संख्या एक हजार ८ सय २१ पुगेको छ ।

सरकारले बनाएको आइसोलेसनको मापदण्ड अनुसार १४ दिन आइसोलेसनको बसाई पूरा गरेका ३ सय ३ जना संक्रमितलाई एकैसाथ डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए ।

Sponsored

सर्लाहीमा अहिले २१३ जना सक्रिय संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् । एक जना संक्रमितको भने जिल्लाबाहिर उपचार चलिरहेको छ ।

सर्लाहीमा हालसम्म दुई हजार ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार मात्रै कविलासीमा सात र हरिपूर्वामा पाँच गरी १२ जना नयाँ संक्रमित थपिएका कोभिड–१९ फोकल पर्सन झाले बताए ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले सर्लाहीमा २५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेपनि प्रादेशिक प्रयोगशाला जनकपुरबाट शुक्रबार साँझसम्म १२ जनाको मात्रै नामावली प्राप्त भएको थियो ।

Sponsored

सर्लाहीमा कोरोना संक्रमणबाट अहिलेसम्म मलंगवामा दुई, लालबन्दी, हरिपुर र चक्रघट्टामा एकरएक जनाको मृत्यु भएको छ । पाँचै जना संक्रमितको जिल्लाबाहिर मृत्यु भएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *