TodayPati

सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

टुडेपाटी-

सप्तरी, असोज १० गते ।

सप्तरीको राजविराज नगरपालिका-३ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

Sponsored

शनिबार बिहान ती पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

असोज ८ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमध्ये १४ जनाको मृत्यु भएको छ भने ८९३ जना निको भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *