TodayPati

सर्लाहीमा अटोबाट ठुलो परिमाणमा लागुऔषध बरामद, २ जना पक्राउ

टुडेपाटी-

सर्लाही, असोज ६ गते ।

सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीबाट आइतबार राती ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ ।

Sponsored

दक्षिणतर्फबाट ना १ ह ७३१५ नं. को अटोमा राखेर ल्याउँदै गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बरामद गरेको हो । अटोमा बोरोभित्र लुकाईछिपाई ल्याउँदै गरिएको वाइनरिकेक्स १६६ सीसी, नाइट्राभेट ट्याब्लेट १५ पत्ता र डाइलेक्स डीसी ८७ सीसी बरामद गरिएको लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा अटो चालक हरिपुर नगरपालिका–८, जगतपुर बस्ने ३१ वर्षीय श्याम सुन्दर दास र अटोमा सवार बरहथवा नगरपालिका–४, शान्तिटोल बस्ने ३० वर्षीय अनन्त कार्कीलाई छन् ।

यसैबीच लालबन्दी प्रहरीले दुई दिनअघि लालबन्दी नगरपालिका–८, मरिण जाने सडकबाट ५ किलो लागूऔषधसहित गाँजासहित एक जनालाई पक्राउ गरेको थियो । झोलामा लुकाएर ना २२ प ९०१९ नं. को मोटरसाइकलमा गाँजा लिएर आउँदै गर्दा पक्राउ परेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका १९ वर्षीय विश्राम गोलेलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *