TodayPati

छिन्नमस्ताका दलित परिवारलाई सरोकार मन्चको राहत

शुभ नारायण यादव-
सप्तरी, असोज ६ गते ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका दलित परिवारलाई एक सस्थाले राहत वितरण गरेको छ । विगत लामो समयदेखि कोरोना भाइरसका कारणले खासगरि देनिक मेहनत ,मजदुरि गरि गुजारा गनेृ दलित समुदायलाई दलित सरोकार मन्चले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन् ।

वडा कायाृलयको सहयोगमा मन्चले स्थानिय १४२ जना दलित परिवारलाई राहत स्वरुप प्रती परिवार चामल २५ किलो ,दाल ,तेल ,साबुन ,पिठो १० किलो ,नुन आदि वितरण गरेका छन । आयोजक सस्थाका जुक्ति मरिक ,भोला पासवान सहित वडाअध्यक्ष बिनोद कुमार यादव ,वडा सदस्य रन्जित कुमार साह सहितको रोहवरमा सो राहत वितरण गरिएको छ ।

Sponsored

राहत पाएपछि त्यहाका दलित समुदायहरले खुशी ब्यक्त गरेका छन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *