TodayPati

जनकपुर- जयनगर चलाउन किनेको नयाँ रेल त्रिपाल ओढाएर पार्किङमा

टुडेपाटी

जनकपुरधाम, असोज ५ गते ।

जनकपुर–जयनगर रुटमा चलाउन भारतबाट किनेको दुईसेट रेल त्रिपाल अोढाएर राखिएको छ ।

Sponsored

शुक्रबार तामझामसहित नेपाल भित्र्याइएका दुई रेल नेपाललाई हस्तानतरण गरेको थियो ।

अहिले दुईसेट रेल धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा पार्किङ गरि त्रिपाल अोढाएर राखिएको हो । महंगो मूल्यमा नेपालले किनेको रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना संक्रमण कम हुनासाथ रेल नियमित सञ्चालन गर्ने बताएको छ।

Sponsored

रेल्वे कम्पनीले डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ भने ड्राइभरसहितका २६ जना दक्ष जनशक्ति भारतबाट आउने बताइएको छ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो। भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *