TodayPati

घरमाथि डोजर चलाएपछि जनकपुरका एकदर्जन डुम परिवार विस्थापित

टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।

सडक विस्तारको क्रममा जनकपुरधाम उपमहानगरपालिकाले घरमामथि डोजर चलाएपछि झण्डै एकदर्जन डुम परिवार विस्थपित भएका छन् । जनकपुरधाम उपमहानगरका १ स्थित धर्मवान टोलका झण्डै एकदर्जन डुम समुदायको घरमाथि डोजर चलाइएको हो ।

सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उपमहानगरले डोजर चलाएर घरबिहीन भएपछि उनीहरु बिचल्लीमा परेका छन् । वर्षौदेखि एक दर्जन डुम परिवारले घर बनाएर बसोबास गर्दै आएपनि कुनै व्यवस्थापन नै नगरी उपमहानगरपालिकाले घरमाथि डोजर चलाएको स्थानीय रिता मलिक डोमले गुनासो गरिन् ।

Sponsored

कोरोनाको कहरले मुलुकलाई आक्रान्त बनेको बेला विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।

पीडितमध्येकै मनोज मलिक डोमले पनि आफूहरुलाई जग्गाको व्यवस्थापन नै नगरी घर भत्काएर उपमहानगरले अन्याय गरेको बताए । केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

This image has an empty alt attribute; its file name is 107535760_280471673279804_4752811672262759454_n.jpg

कोरोना महामारीका बेला उठिबास नगराउन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन लगायतका ११ बुँदे माग सहित स्थानीयवासीले सरोकारवाला कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका थिए । तर उपमहानगरले उनीहरुको आग्रहलाई उपेक्षा गर्दै घर भत्काइदिएको हो । घरविहीन भएका डोम समुदाय अब सडक छेउमै पाल टाँगेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउँछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *