TodayPati

पुल निर्माणको विषयमा रौतहट र बाराका स्थानीय बिच झडप, एकदर्जन घाइते

टुडेपाटी-
रौतहट, असोज ५ गते ।

पुल निर्माणको विषयमा रौतहट र बाराका स्थानीय बासिन्दाबिच झडप भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ३ मेवा गाउँ भन्दा पश्चिम अंडुवा खोलामा निर्माणाधिन पुलको विषयमा झडप हुँदा दुवै पक्षका एक दर्जन स्थानीय घाइते भएका हुन् ।

बारा आदर्श कोतवाल गाउँपालिकाका मानिसले सोमबार उक्त पुल भत्काउन खोजेपछि झडप भएको हो । मेवागाउँका परिक्षण साह, मातृका यादव, भानु साह, राजकुमार साह, दुखा साह, बागड राम घाइते भएका छन् । घाइतेहरुको स्थानीय र केहिको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

झडपमा परेर आदर्श कोतवालका पनि आधा दर्जन मानिस घाइते भएको गाउँ पालिका प्रमुख मुस्तुफा अन्सारीले जानकारी दिए । रौतहटको फतुवा बिजयपुर हुँदै फास्ट ट्रेक र कलैया बिरगंज को मुल बाटो मेवा गाउँको पुल भत्किएको कारण आवत जावत बन्द भएको छ ।

फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादवले सदियौं देखिको बाटो बाराका जनप्रतिनिधि को गलत रवैयाको कारण अवरुद्ध भएको बताए । उता आदर्श कोतवाल गाउँपालिका प्रमुख अन्सारीले रौतहट र बाराका स्थानीय प्रशासनले रोक्का गरेको पुल मेयर गोपाल यादवले जबर्जस्ति निर्माण सुरुगरेको कारण बिवाद भएको बताए ।

आदर्श कोतवाल गाउँपालिकाको जग्गामा माटो पुर्दा मेवा गाउँका मानिसले हिजो अस्ति रोक्का गर्दा स्थानीयले पुल निर्माण रोक्क गरेका थिए । तर मेयर यादवले बल पूर्वक आज बिहान पुलको ढल्लान सुरुगर्दा झडप भएको गाउँ पालिका प्रमुख अन्सारीले बताए ।

Sponsored

तर सिमा बिवादको कारण पुल निर्माण अवरुद्ध हुंदा गत असारमा रौतहटका सिडियो बाशुदेव घिमिरे, बाराका सिडियो रुद्रप्रसाद पन्डित,एसपी कृष्ण पंगेनी,सिम्रौनगढ नगरप्रमुख बिजयसंकर यादव, आदर्श कोतवाल गाउँ प्रमुख मुस्तुफा अन्सारीको सहभागितामा पुल निर्माणमा कुनै किसिमको बाधा न पुर्याउने लिखित सहमति भएको थियो ।

मेवा रुपौलिया बिच कुनै विवाद भएमा जिल्ला स्तर बाट समाधान गर्ने सहमति भएको थियो । तर सोमबार एक्कसी बारा बाट सैयौ मानिस एकैपटक मेवा गाउँको पश्चिम अण्डुवा खोलाको निर्माणाधिन पुलमाथि आक्रमण गर्दा झडप भएको हो ।

झडप सोमबार साँझ साम्य भएपनि झडपको सम्भावना अझै कायमै रहेको स्थानीयले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *