निषेधाज्ञा खुकुलो बनाइएसँगै प्रदेश २ मा फेरी बढ्न थाले कोरोना संक्रमित, थप २४ जनामा संक्रमण
टुडेपाटी
वीरगञ्ज, असो २ गते ।
निषेधाज्ञा खुकुलो गरेरसँगै पर्सामा संक्रमित संख्या फेरी बढ्ना थालेको छ । पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना सङ्क्रमित थपिने संख्या बढ्न थालेको हो ।
शुक्रबार पर्सामा फेरी १४ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबारपनि १७ जनामा कोरोना पुष्टि भएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा बिहिबार राति गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामध्ये १४ जना पर्सा, ६ जना बारा र ४ जना रौतहट जिल्लाको रहेका छन् ।
अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट ल्याएको २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ६ महिलासहित २४ जना संक्रमित भटिएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
Sponsored
पर्सामा थपिएका संक्रमितमध्ये सदरमुकाम वीरगञ्जमा तिन जना, सखुवा पर्सौनी गाउँपालिकामा एक जना, कलिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकामा पाँचरपाँच जनागरी जिल्लामा १४ जना संक्रमित थपिएका छन् ।
त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जनामापनि संक्रमण देखेको डा। चौरसियाले बताए ।