TodayPati

जनकपुर–जयनगर रेल आज जनकपुरमा हस्तान्तरण हुँदै

टुडेपाटी-
जनकपुरधाम, असोज २ गते ।

जनकपुर–जयनगर चल्ने दुईसेट रेल आज औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्त हुँदै छ । निर्माण भएर बिहीबार साँझ भारतको जयनगर स्थित आफ्नै स्टेशनमा आइपुगेको दुईसेट रेल आज बिहान ११ बजेसम्म जनकपुर आइपुग्ने छ ।


भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले उक्त दुईसेट रेल जनकपुर रेल्वे स्टेशनमा आज बिहान साढे ११ बजे एक कार्यक्रमबिच रेल विभागलाई हस्तान्तरण गर्न लागेको हो ।

Sponsored

रेल विभागका अधिकारीहरुको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम रहेको प्रजिअ भट्टराईले टुडेपाटीलाई जानकारी दिए ।


जनकपुरमा हस्तान्तरण भएपछि दुबै रेल सेट पुनः जयनगर स्थित आफ्नै स्टेशनमा पुर्याएर सुरक्षित साथ राखिने रेल विभागले जनाएको छ ।

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ । रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भए लगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *