TodayPati

जयनगर आइपुग्यो जनकपुर–जयनगर रेल, हेर्नेको भीड

टुडेपाटी-
जनकपुरधाम, असोज १ गते ।

बहु प्रतिक्षित जनकपुर जयनगर रेल बिहीबार साँझ भारतको जयनगर आईपुगेको छ । भोली रेल विभागलाई हस्तान्तरण गर्ने रेलसेट जयनगर स्थित आफ्नै स्टेशनमा आइपुगेको हो ।


बहुप्रतिक्षित नयाँ रेल आफ्नै स्टेशनमा जयनगर आइपुगेपछि हेर्ने नेपालीहरुको भीडा बढेको छ । सीमाका पूर्वी भेगका नेपालीहरु अत्यन्तै हर्षित भएका छन् ।

Sponsored

भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रे टुडेपाटीलाई जानकारी दिए ।


शुक्रबार एक समारोह बिच जनकपुरमा भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले रेल विभागलाई रेल हस्तान्तरण गर्ने छ ।

रेललाई स्वागतकालागि महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आइपुगेका छन् ।

Sponsored

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।


पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *