TodayPati

सर्लाहीमा गोली प्रहार गरी बैँकमा जम्मा गर्न जाँदै गरेका दुइजनाबाट लाखौ लुटपाट

टुडेपाटी

सर्लाही, भदौ ३१ गते ।

सर्लाहीमा गोली प्रहार गरी लुटपाट भएको छ । जिल्लाको दक्षिण पश्चिमी भेगस्थित चक्रघट्टामा वुधवार दिउँसो गोली प्रहार गरी दुइजनाको रकम लुटपाट भएको प्रहरीले जनाएको छ ।

Sponsored

कविलासी नगरपालिका–३ का २८ वर्षीय सुरेन्द्र चौधरी र १९ वर्षीय प्रमोद कुमार यादव लुटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

एसपी सन्तोष सिंह राठौरका अनुसार चक्रघट्टास्थित एक बैंकमा रकम जम्मा गर्न जाँदै गर्दा चक्रघट्टा गाउँपालिका–५, स्थित चक्रघट्टाबाट बिनग्रातर्फ आउने सडकमा उनीहरुको साथमा रहेको रकम लुटिएको हो ।

मोटरसाइकल चढेर आएका अज्ञात मानिसले आफ्नो साथमा रहेको ३ लाख रुपैयाँ लुटेका सुरेन्द्र चौधरीले बताए । रकम लुट्न उनलाई कटुवा पेस्तोलबाट गोली प्रहार गर्दा तीघ्रामा चोट लागेर घाईते समेत भएका छन् । चौधरीको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

Sponsored

यस्तै चौधरीसँगै रहेका भएका प्रमोद कुमार यादवले आफ्नो साथबाट ४० हजार रुपैयाँ लुटिएको बताए । यादवमाथि भने गोली प्रहार भएको छैन् । हतियारधारी व्यक्तिले मोटरसाइकल रोकेर रकम माग्नासाथ आफ्नो साथमा भएको पैंसा निकालेर दिएकाले आफूलाई केही पनि नगरेको यादवले प्रहरी समक्ष बताएका छन् ।

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० सन्तोष सिंह राठौरले जानकारी दिए । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन् ।

४० हजार रुपैयाँ लुटिएको दावी गरेका प्रमोद कुमार यादवलाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ । प्रहरीले लुटपाटको घटना शंकास्पद देखिएको बताएको छ । लुटिएको रकमबारे सुरेन्द्र र चौधरीबीचकै बयान बाँझिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *