TodayPati

प्रदेश २ मा सोहजन खेती अभियान चलाइने, यस्ता छन् सोहजनाका गुण र फाइदा

टुडेपाटी

जनकपुरधाम, भदौ ३१ गते ।

प्रदेश २ मा सोहजन खेती अभियान सुरु हुने भएको छ । सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको रामवाण रहेको भन्दै समाजिक संस्था भोरले अभियानको थालनी गर्ने भएको हो ।

Sponsored

बुधवार पत्रकार सम्मलेन गरी भोरले सोहजन गुण, विशेषता र सम्भाव्यताबारे स्पष्ट गर्दै प्रदेश २ बाट थालनी गर्दै तराईँको २२ वटै जिललामा यो अभियान चलाउने जनाएको छ ।

भोरका प्रतिनिधि तथा अभियन्ता राजकुमार महतोका अनुसार पहिलो चरणमा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३० विघा बढी जग्गामा सोहिजन खेतीकालागि किसान तथा गाउँपालिकाबीच छलफल भइरहेको छ ।

‘सोहजनमा ९२ प्रकारका पोषण तत्व पाइन्छ । यसले ३ सयभन्दा बढी रोगको उपचार तथा रोकथाम गर्न सकिन्छ । यसका अनगीन्ती फाइदाबारे जति बखानगरे कमै हुन्छ,’ महतोले भने, ‘आर्थिक, समाजिक र वातावरणीय सुधारकालागि यो माइलस्टोन सावित हुनेछ । पहिलो चरणमा हामी राष्ट्रिय स्तरमा यसको फाइदाबारे जनजागरण गर्ने काम गर्छौै । र त्यसपछि सरकारलाई प्राविधिक सहयोग गर्ने र तीनै तहका सरकार र स्थानीयसँग् समन्वय गरी अघि बढ्छौँ ।’

Sponsored

सोहजन खेतीलाई व्यापकता दिन पैसा भएको निजी कम्पनीसित सहकार्य गर्दै राष्ट्रिय तथा अन्र्राष्ट्रिय स्तरको बजारीकरणकालागि भोरले सहकार्य गर्ने उनले बताए । अमला र अण्डा लगायतका खाद्यवस्तु भन्दा समेत सोहजनमा धेरै प्रोटिन रहेको दावी गर्दै महतोले कलेजो, कलेजोलाई शुद्ध बनाउने, क्यान्सर रोकथाम, स्मरणशक्ति बढाउने, पाचण प्रणाली मजबुत बनाउने, मधुमेह नियन्त्रण, रोग प्रतिरोधक क्षमता बढाउने गुण सोहजनमा रहेको उनको भनाई थियो ।

यस्तै कस्मेटिक्स, साबुन लगायतका सौन्दर्य बढाउने क्रिम बनाउन प्रयोग हुने गरेको उनले जनाए ।
कार्वनडाइअक्साइड सोस्ने र सबैभन्दा धेरै अक्सिजन फाल्ने सोहजनको गुण रहेकाले वातावरण शुद्धिकरण्णकालागि सोहजनको अहम भूमिका रहेको उनको दावी छ ।

ईन्धन र ट्याब्लेट निर्माणमा समेत उपयोगी रहेकाले हाल विश्वभर वार्षिक २६ मिलियन अमेरिकी डलरको सोहजनको व्यापार रहेको र दिनानुदिन बढ्दै गएको अभियन्ता महतोले उल्लेख गरे ।

सोहजन (माेरिंगा) के हो ?

माेरिंगा (मुनगा) नेपालको तराई  तथा मध्य पहाडमा छिटो तयार हुने बिरुवा हो । मानव शरीरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्त्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट यो बिरुवाबाट बन्ने औषधिमा पाइन्छ ।

लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने यो बिरूवा बलौटे माटोमा पनि सप्रन्छ । यसलाई मानव खाद्य पदार्थ, औषधि, रंग, घाँस तथा पानी शुद्धीकरणमा प्रयोग गरिन्छ ।

यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा ड्रम स्टिक भनिन्छ भने जराको गन्ध मूलाको जस्तो भएकोले होर्सर्‍याडिस पनि भनिन्छ ।

दक्षिणी भारतमा माेरिंगा, नेपालको  तराईमा सोहजन, सहजन, मुन्गा र पहाडमा शीतल चिनी नामले चिनिन्छ । यसका विभिन्न प्रजातीमध्ये माेरिंगा ओलिफेरा बढी लाभदायक तथा चमत्कारी मानिन्छ ।

यस्ता छन् विशेषता

यसको पातमा गाँजरमा पाइने भिटामिन ए (बिटाकेरोटिन) भन्दा १० गुणा बढी, सुन्तलामा भन्दा सात गुणा भिटामिन सी, दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी फलाम, गहुँमा भन्दा  १५ गुणा बढी फाइबर, अण्डामा भन्दा ३ गुणा तथा गाईको दूधमा भन्दा २ गुणा बढी प्रोटिन, रायोमा भन्दा ३ गुणा बढी भिटामिन ई र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *