डिजेल र मट्टितेलको मूल्य घट्यो, कति रुपैँया प्रतिलिटर तोकियो ?
टुडेपाटी
काठमाडौँ, भदौ ३१ गते ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ ।
Sponsored
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।