सुनचाँदीमा प्रयोग हुने १० लाख बढीको रसायन धातुसहित जनकपुरबाट दुईजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
जनकपुरमा सुनचाँदीमा प्रयोग हुने रसायन धातुसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो.नुरारी लहेरीलाई छन् ।
सोमबार विशेष सूचनाको आधारमा जनकपुरधाम–५ सोनरपट्टीबाट भन्सार छली सुनचाँदीमा प्रयोग हुने रसायन धातु ओसारपसार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुईवटा साइकलमा सवार उनीहरूको साथबाट १० लाख ६२ हजार ५ सय मूल्य बराबरको अन्दाजी ५० केजी रसायन धातु बरामद भएको छ ।
नियन्त्रणमा लिइएको रसायन धातु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको डिएसपी मिश्रले बताए ।
Sponsored