प्रदेश २ मा थपिए १२१ संक्रमित, थप ५ जनाको मृत्यु (विवरण सहित)
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
प्रदेश २ मा सोमबार १२१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा ५६ जना, धनुषामा ४२ जना, सर्लाहीमा २० जना, महोत्तरीमा २ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
सोमबार थपिएका संक्रमितको विवरण
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ महिलासहित ९२ जना उपचार पश्चात कोरोनामुक्त भएर डिस्चार्ज भएको उनले बताए ।
थप ५ जनाको मृत्यु
Sponsored
पल्लिो २४ घण्टामा प्रदेश २ मा कोरोनाबाट ५ जनाको ज्यान गएको छ । सर्लाहीमा र सिरहामा २।२ जना र पर्सामा १ जना गरी पाँचजना पुरुषको मृत्यु भएको हो ।
जस मध्ये सर्लाहीको एउटे गाउँपालिकाका दुईजना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ का ३५ पुरुष र ४० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।
यस्तै प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोमबार बिहान मिर्चैया नगरपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहाकै गोलबजार नगरपालिका ३ का ७७ वर्षीय पुरुष र पर्सा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । मृत्यु हुनेमा १६ जना महिला र ९० जना पुरुष छन् ।