TodayPati

सप्तरीका युवा विदेशबाट फर्केर भैंसी पालन गरी घरमै बसेर लाखौ आम्दानी गर्दै

शुभ नारायण यादव
सप्तरी , फागुन
१०
विदेशबाट फर्केर आएका युवाहरु भैसी पालन गरेर वार्षिक लाखौंको आम्दानी घरमै बसेर गर्दै आएका छन् ।
सप्तरीको साबिक राजविराज नगरपालिका वडा नं. ३ हाल राजविराज नगरपालिका वडा न. ९ मलेठका संतोष सिंह र मो. अबनारुलले तीन वर्ष मलेसियामा काम गरि त्यहाँबाट फर्केर अहिले मलेठ गाविसमा व्यवसायीक भैसी पालन गरी घरमै बसेर राम्रो आम्दानी गर्दै आएका हुन ।
करिब दश वर्ष अघि उनीहरु वैदेशीक रोजगारको शिलशिलामा खाँडी मूलुक मलेसिया पुगेका थिए । त्यहाँ पनि तीन वर्ष बसेर घर फर्किदा फेरि जाने विचारमा रहेकै बेला साथीहरुको लहलहैमा परि उनी विदेश पुगेपनि पछि आएर यहाँ व्यवसायीक रुपमा आफू भैसी पालन सुरु गरेको सिंहले बताउनुभयो ।
उहाँका अनुसार अहिले आफू मलेठ गाविस ३ स्थित राजदेवी यूवा संघ स्वरोजगार पशुपालन केन्द्रमा १२ वटा भैसी पालन गरी वार्षिक लाखौको आम्दानी गर्दै आएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो ‘‘आफूहरु अहिले एक दर्जन भैंसी पालन गरि विहान र बेलुका गरि करिब २ सय लिटर दुध उत्पादन भइरहको तथा दुध घर नजिकैको राजविराज स्थित जनता एग्रोभेटमा विक्री वितरण गरि विदेशको भन्दा बढी आम्दानी घरमै बसेर गर्दै आएको छु । संतोषलाई व्यवसायीक भैसी पालन गरेर वार्षिक राम्रो आम्दानी गर्दै आएको देखेर उनका छिमेकी मो. अबनारुलले समेत विदेश जाने तयारीमा रहेका उनी पनि व्यवसायीक रुपमा भैंसी पालन तर्फ आकर्षित भएका हुन ।
ती युवाहरु पहिले सुरुमा दुई वटा भैंसी खरिद गरि भैंसी पालन सुरुवात गरेको तथा पछि हुँदाहुँदै हाल आएर एक दर्जन भैंसी व्यवसायीक रुपमा पालन गरी त्यसबाट वार्षिक लाखौको आम्दानी गर्दै आएका छन् । ती युवाहरु भैंसीको दुध बेचेर अचेल महिनाको चार देखि पाँच लाख सम्म मासिक आम्दानी घरमै बसेर गर्दै आएका छन् ।
बढदौ बेरोजगारीका कारण यहाँका युवाहरु विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढदै गएको तर विदेशबाट दुई चार वर्षमा फर्केर आएपछिको अवस्था र गुजारा कसरी गर्ने कुनै निश्चित नरहेकाले बरु स्वदेशमै सिप सिकेर राम्रो आम्दानी गर्न सक्ने मन्सायीका साथ आफूहरु व्यवसायीक रुपमा भैंसी पालन गर्न लागेको मो. अनबारुलले बताउनुभयो ।
आफूहरुले व्यवसायीक रुपमा भैंसी पालन सुरु गरेपछि आसपासका बेरोजगार युवाहरुले व्यवसायीक भैंसी पालन तर्फ आकर्षित बनेको उहाँहरुको भनाई रहेको छ । समाजका लागि ती युवाहरु भैंसी पालन गरेर अहिले उदाहरणको रुपमा बनेका हुन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *