TodayPati

लागुऔषध सहित सप्तरीबाट २ जना पक्राउ, महोत्तरीमा ६ किलो गाँजा बरामद

टुडेपाटी

जनकपुरधाम, फागुन १० गते ।

प्रहरीले लागुऔषध सहित सप्तरीमा दुईजनालाई पक्राउ गरिएको छ । सप्तरीको सुरुङ्‌गा नगरपालिका-१ नैनडाँवर डाँडाबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका-६ बस्ने २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतोलाई पक्राउ गरिएको हो ।

Sponsored

उनीहरूको साथबाट प्रहरीले गाँजा करिब २० ग्राम, डाइजेपाम १८ एम्पुल, नाइट्रोभेट ३० ट्याबलेट, फेनारगन १९ एम्पुल, नुर्फिन १० एम्पुल र सिरिञ्ज ९ थान बरामद भएको सप्तरी प्रहरीले जनाएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियोे ।

यसैगरी, महोत्तरीको औरही नगरपालिका-२ पचायनखोला क्षेत्रबाट लागुऔषध गाँजा करिब ६ केजी शनिबार बिहान प्रहरीले बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ ना २६ प ७७४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको थियो। प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको थियो ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *