TodayPati

पर्सामा जन्ती बसबाट अवैध छोकडा र मरिच बरामद

टुडेपाटी

वीरगञ्ज, फागुन १० गते ।

पर्सामा जन्ती बसबाट अवैध छोकडा र मरिच प्रहरीले बरामद गरेको छ । पर्साको पोखरीया नगरपालिकाबाट वीरगञ्ज जन्ती लिएर गएको बसबाट अवैध छोकडा र मरिच बरामद भएको हो ।

Sponsored

पर्साको पोखरिया नगरपालिका–६ श्रीसियाबाट जन्ती लिएर वीरगञ्ज गएको ना ७ ख ८४२१ नम्बरको बसबाट ३ क्वीन्टल ५० किलो छोकडा र दुई क्वीन्टल कालो मरिच बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

कालिकामाई गाउँपालिका–२ भेडिहारीमा जाँचको क्रममा बसबाट अवैध छोकडा र मरिच बरामद भएको हो । अवैध रुपमा भारततर्फ छोकडा र मरिच तस्करी भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको संयुक्त प्रहरी टोलीले छोकडा र मरिच बरामद गरेको जनाएको छ ।

छोकडा र मरिच नेपालमा भन्दा भारतमा दोब्बर मुल्यमा बिक्री हुने गरेकोले तस्करले पर्साको ग्रामीण नाका भएर तस्करी गर्दै आएका प्रहरीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *