TodayPati

सप्तरीमा मलमा कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

शुभ नारायण यादव-
सप्तरी, भदौ १८ गते ।

पछिल्लोपटक नेपालमा सहज रुपमा मलखाद्य नपाउँदा यहाँका किसानहरु चिन्तित बनेका छन् । साेहि क्रममा सप्तरीको फत्तेपुरबाट कृषि मलमा कालोबजारी गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको  सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मल खाद बिक्री डिपोका सञ्चालक फुजुङ्ग साह छन् ।

Sponsored

मलको कालोबजारी र दोब्बर मूल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गङ्गाराम चौधरीको नेतृत्वमा मङ्गलवार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुवैको पसल र गोदाममा छापा मारी सञ्चालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको पसल र गोदामबाट २८ बोरा युरिया र छ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । १७ रुपैयाँ प्रति केजी पर्ने मल ४० रुपैयाँमा बिक्री गरेको प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिनुका साथै गोदाम सिल गरी थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *