रौतहट घटनामा दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ : मुख्यमन्त्री राउत
टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।
मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरु सङ्गको मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताउनुभयो ।
गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेट्मा उहाँले गरुडाघटना बारे सूक्ष्म छानबिन का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिबेदनको आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फ बाट राहत उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।
उक्त अवसरमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्नु हुँदै न्याय पाउनेमा बिस्वस्त रहन पीडित परिवारलाई आग्रह गर्नुभयो ।
Sponsored
यसैगरि माधव नारायण नपामा हत्या भएको पुजारी राम साहको हत्या स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
साधु जस्तो ब्यक्तिलाई हत्या गर्नेलाई फासीको सजाय पनि कम हुने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त अवसरमा भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनी समेत दिनुभयो ।
उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र काकुन मन्त्रीले सन्युक्त रुपमा प्रहरी चौकीको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यिकरणको शिलान्यास समेत गर्नु भएको छ ।
कार्यक्रममा प्रदेस सभा सदस्य शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।