TodayPati

नेपालमा थप १२२८ जनामा कोरोना पुष्टि, ९१७ जना डिस्चार्ज

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

नेपालमा बिहीबार थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये ३९४ जना महिला र ८३४ पुरुष छन् ।

यो सँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

Sponsored

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ४१३ जना संक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ६७१ र होम आइसोलेसनमा ७ हजार ७४२ जना छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ । योसहित हालसम्म नेपालमा ७ लाख ३१ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९१७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २४ हजार २९७ छ ।  कोरोना मुक्त हुनेको संख्या नेपालमा ५६ प्रतिशत छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *