TodayPati

महोत्तरीमा प्रहरीद्वारा लागुऔषध नष्ट

टुडेपाटी-
महोत्तरी, भदौ १८ गते ।

महोत्तरीमा प्रहरीले विभिन्न समयमा पक्राउ गरेको लागुऔषध नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले एक सय ८० किलो गाँजा, दुई सय ५० बोतल एक्सिप्लोन सिरप, ६ सय ट्याबलेट नाइट्राभेट र ८० वटा स्पास्मो प्रोक्सिभोन ट्याबलेट नष्ट गरिएको जानकारी दिए । 

Sponsored

सबै लागूऔषध जलेश्वरस्थित मनिपालको खाली जग्गामा नष्ट गरिएको हो । 

सामान्य समय र लकडाउनकै वेलासमेत महोत्तरी लागुऔषधको ट्राान्जिट प्वाइन्ट बन्दै गएको वेला प्रहरीले विभिन्न व्यक्तिबाट उक्त परिमाणको लागुऔषध नियन्त्रणमा लिएको र लागुऔषधसहित पक्राउ परेकाहरूमाथि मुद्दासमेत चलाइएको छ । 

महोत्तरीको सम्सी नाका लागुऔषध सेवनकर्तादेखि तस्करहरूसमेतले प्रयोग गर्दै आएका छन् भने लागुऔषधसहित अन्य तस्करीको लागि समेत सम्सी, पोखरभिण्डा, कट्टी कटैया, बथनाहा क्षेत्र अत्यधिक प्रयोग हुँदै आएको छ । 

Sponsored

लकडाउनकै अवधिमा पनि यस क्षेत्रमा लागुऔषध तस्करी मौलाएको छ । 

प्रवक्ता डिएसपी विष्टले लागुऔषध तस्करी नियन्त्रणका लागि प्रहरी कडाइका साथ लागि परेको बताए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *