TodayPati

सर्लाहीमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

टुडेपाटी-
सर्लाही, भदौ १८ गते ।

सर्लाहीमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

बिहीबारबिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश-०३-००१-००७१ नम्बरको मिनिट्रक रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा दुर्घटना भएको हो ।

Sponsored

ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *