TodayPati

महोत्तरीमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

महोत्तरीमा आत्महत्या गरेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण भने अहिले खुलेको छैन ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।

Sponsored

मृतकको घरका अन्य तीनजनामा भदौ ११ गते कोरोना भाइरसको संक्रमण पृष्टि भएको थियो । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *