TodayPati

जनकपुर- जयनगर रेल्वे सञ्चालनका लागि २६ कर्मचारी माग

जनकपुरधाम, फागुन ९ गते ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले ९ पदको लागि २६ जना कर्मचारी माग गरेको छ। जनकपुरमा रहेको केन्द्रीय कार्यालयले शुक्रबार (९ गते) सेवा करारमा इन्जिनियर र रेल ड्राइभरसहितका कर्मचारी माग गरेको हो।

नेपाली नागरिकहरुले १५ दिनभित्र रेल्वे कम्पनीको सम्पर्क कार्यालय काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले सूचना जारी गरेको छ।

Sponsored

सिनियर सेक्सनल इन्जिनियर सिग्नलिङ पदको लागि १ जना माग गरेको छ। जसले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी रोलिङ स्टोक मर्मतसम्भारमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।

gorakhapatra online rail

कर्मचारी मागिएकाे सूचना। स्राेतः गाेरखापत्र

कम्पनीले सबैभन्दा धेरै स्टेसन मास्टरमा ८ जना कर्मचारी माग गरेको छ। स्नातक तह उत्तीर्ण गरी रेल्वे स्टेसन मास्टरको रुपमा कम्तीमा ५ वर्षको अनुभव भएकाले स्टेसन मास्टरमा आवेदन दिन सक्नेछन्।

Sponsored

चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेटर १÷१ जना माग गरेको छ। सम्बन्धित क्षेत्रमा ५ वर्ष अनुभव भएको हुनुपर्ने जारी सूचनामा रहेको छ।

रेल चालकको लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष रेल चालकको कार्य गरेको अनुभव भएकाले लोको पाइलटमा आवेदन दिन सक्नेछ। कम्पनीले ३ जना लोको पाइलट माग गरेको छ भने ३ जना सह–लोको पाइलट माग गरेकोमा लाइसेन्स प्राप्त गरी ३ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।

त्यस्तै पी.वे सुपरभाइजर, मेकानिकल र पोइन्ट्स मेन ३÷३ जना माग गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *