सिरहाका कोरोना संक्रमित निजामती कर्मचारीको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।
सिरहामा कोरोना भाइरसको संक्रमणका कारण एक निजामती कर्मचारीको मृत्यु भएको छ । यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या ८ पुगेको छ।
सिरहाको मिर्चैया नगरपालिका–६ मटिअर्वाका ५५ वर्षीय ती कर्मचारीको सोमबार राति संक्रमणबाट मृत्यु भएको हो । मधुमेहका विरामीको उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
बिराट नर्सिङ होममा भर्ना गर्नुअघि भदौ ८ गत्ते पिसिआर परीक्षणका लागि लिइएको स्वाब परीक्षणको भदौ १० गत्ते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको यादवले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि भदौ १० गते उनलाई थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । मधुमेह, उच्च रक्तचाप, नेमोनिया, मृगौला लगायतका बिरामीको उपचारको क्रममा उनको सोमबार राती प्रतिष्ठानको आइसोलेसनमा मृत्यु यादवको भनाइ छ ।
मृतक मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत्त निजामती कर्मचारी हुन् । उनको शव ल्याउने तयारी भैरहेको मिर्चैया नगरपालिकाले जनाएको छ । शव मिर्चैयामै नेपाली सेनाले व्यवस्थापन गर्नेछन् ।
Sponsored